कार्यसम्पादन मूल्याङ्कनमा बाराका ६ स्थानीय तह सवैभन्दा कमजोर

साझेदारी दैनिक
329 पाठक संख्या

कलैया : बारा जिल्लाका १६ वटा स्थानीय तहहरु मध्ये ६ वटा स्थानीय तहहरु कार्यसम्पादनको मूल्याङ्कनमा सवैभन्दा कमजोर देखिएका छन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०८०।८१ को प्रतिवेदनमा बाराका ६ वटा स्थानीय तहहरु कार्यसम्पादन र वित्तिय सुशासनमा कमजोर देखिएका हुन ।

वित्तिय आयोगका प्रतिवेदन अनुसार उच्च जोखिम र मध्यम जोखिम गरी दुई भागमा विभाजन गरेको छ । कार्यसम्पादनमा सवैभन्दा कमजोर देखिएकहरुलाई उच्च जोखिमा र मध्यम स्तरकालाई मध्यम जोखिम गरेर बर्गिकरण गरेको छ ।

आयोगले बारा १६ मध्ये बाँकी १० स्थानीय तहहरुलाई मध्यम जोखिममा राखेको छ । कुल प्राप्ताङको ४० प्रतिशत भन्दा कम ल्याउने स्थानीय तहहरुलाई उच्च जोखिम र ४० प्रतिशत भन्दा माथी ल्याउने स्थानीय तहहरुलाई मध्यम जोखिमा राखेको छ ।

आयोगले स्थानीय तहको योजना बजेट तथा कार्यक्रम व्यवस्थापन,कार्यान्वयन क्षमता तथा व्यवस्थापन,लेखांकन तथा प्रतिवेदन,अनुगमन मूल्याँकन तथा लेखापरीक्षण र राजश्व व्यवस्थापन जस्ता शीर्षकमा अलग अलग मूल्याँकन गरी सोको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको प्रतिवेदनका आधारमा बाराको सिम्रौनगढ नगरपालिका,सुवर्ण गाउँपालिका,बारागढी गाउँपालिका र फेटा गाउँपालिका,विश्रामपुर गाउँपालिका,देवताल गाउँपालिकालाई वित्तीय सुशासन मूल्याँकनको नतिजामा उच्च जोखीमको सूचीमा राखिएको छ ।

यसैगरी कलैया उपमानगरपालिका,परवानीपुर गाउँपालिका,निजगढ नगरपालिका,प्रसौनी गाउपालिका,जीतपुरसिमरा उपहानगरपालिका,आर्दश कोत्तवाल गाउँपालिका,महागढीमाई नगरपालिका मध्यम खोजिममा राखिएको छ ।

१६ वटा पालिका मध्ये बरामा कार्यसम्पादनको हिसाबले ६६.५ प्रतिशत प्राप्त गरेको कलैया उपमहानगरपालिका सवैभन्दा राम्रो रहेको छ भने सवैभन्दा कम कुल १८ प्रतिशत मात्र प्राप्त गरेर सिम्रौनगढ नगरपालिका र फेटा गाउँपालिका सवैभन्दा कमजोर रहेको देखिन्छ ।

Leave a review

This will close in 0 seconds