कलैया : नेपाल सल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जको एक टोलीले मङ्गलबार कलैया बजारका विभिन्न खाद्य तथा बिउ–बीउजन्य भण्डारमा छापा मारेको छ ।
टोलीले कलैया बजारमा रहेको दश वटा पसलमा छापा मारेको हो ।कर्पोरेशनका प्रमुख अमोद लामिछानेको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कर्पोरेशनले वितरण गर्ने पोटास अनुमति बिना बिक्री गरिएको, किसानसँग तोकिएको भन्दा बढी मूल्य लिएको तथा बिल–भाउर जस्ता आवश्यक कागजात नबनाइने जस्ता अनियमितता भेटिएको अनुगमन टोलीले जनाएको छ।
प्रमुख लामिछानेका अनुसार अनियमितता भेटिएका पसल सञ्चालकहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको छ। अनुगमन टोलीले बजारमा खाध्य सामग्री तथा बिउ–बिजनको मूल्य, मापदण्ड र आपूर्ति व्यवस्थालाई पारदर्शी बनाउन नियमित अनुगमन गरिने जनाएको छ।

