एसपी केसीको कडा निर्देशनपछि बारामा ११ लाखभन्दा बढीका अवैध सामान बरामद

साझेदारी दैनिक
535 पाठक संख्या

कलैया : सशस्त्र प्रहरी बल नेपाल नं. १२ गणका गणपति एवंम् सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीले आफ्ना मातहतका ईकाईहरूलाई कडा निर्देशन दिएपछि बारामा करिब ११ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ।

सीमा क्षेत्रमा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै कडाइका साथ गस्ती, चेकजाँच तथा विशेष निगरानी बढाउन उनले निर्देशन दिएपछि उक्त अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ९ झरोखर सीमा ईलाकामा अबैध रुपमा भारतबाट नेपाल भित्राइरहेका दुई लाख ६० हजार सामान बरामद गरेको छ। एक जना ब्यक्तिले बिआर ५ बिके ६४२९ नम्बरको भारतीय मोटरसाइकल प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको २ कार्टुन (७२ के.जी.) बचुवा माछा बरामद गरेको छ। मोटरसाइकल र माछा गरी दुई लाख ६० हजारको सामान बरामद गरेको हो ।

त्यस्तै सुवर्ण गाउँपालिका वडा नं. ३ संतगंज सीमा ईलाकामा बि.ओ.पी. कवहीगोठबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक बिश्वराज कार्कीको गस्ती टोलीले सामान बरामद गरेको छ। भारतबाट तीन जना ब्यक्तिहरुले साईकलको प्रयोग गरि नेपालतर्फ ल्याउदै गरेको ५१ हजार आठ सय रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ।

त्यसैगरी बिश्रामपुर गाउँपालिका वडा नं. ०१ छतवा सीमा ईलाकामा सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाबाट सशस्त्र प्रहरी हवल्दार धर्मराज पासवानको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि ६ जना ब्यक्तिहरुले साईकलको प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको सामान बरामद गरेको छ। सो टोलिले अन्दाजी एक लाख पाँच हजार बराबरको किराना सामान, चक्लेट, साईकल समेत बरामद गरेको छ।

छतवा सीमा ईलाकामा एफ.ओ.बि. छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शिवहरी खत्रीको कमाण्डमा खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि १ जना ब्यक्तिले साईकलको प्रयोग गरी नेपालतर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. ३५ हजार बराबरको ५ कार्टुन चकलेट सोही स्थानमा छाडी साईकल लिई ब्यक्ति फरार भएको हुँदा उक्त चकलेट सशस्त्र प्रहरीले बरामद गरेको हो।

सिम्रौनगढ नगरपालिका–०९ झरोखर स्थित सीमा ईलाकामा वि.ओ.पि.गोलागंजबाट सशस्त्र प्रहरी नायब निरीक्षक तिलकबहादुर गुर्माछानको कमाण्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छली ६ वटा मोटरसाइकलहरुको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु. ५७ हजार २ सय २० रुपैयाँ बराबरको किराना सामान तथा हरियो तरकारी र ६ वटा मोटरसाइकलको अन्दाजी मुल्य रु ६ लाख ५० हजार गरी सात लाख सात हजार दुई सय २० रुपैयाँ बराबरको मोटरसाइकल र सामान सोही बरामद गरेको हो।

उक्त बरामद सबै अवैध सामान विरगञ्ज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक केसीले जानकारी दिएका छन् । उनका अनुसार तस्करी, चोरी–पैठारी तथा अवैध गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी अझै कडा बनाइने छ।

Leave a review

This will close in 0 seconds