तीन दिने सहकारी व्यवस्थापन सम्बन्धी तालिम समापन

रञ्जन यादव
289 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिकाको अमलेखगञ्जमा सहकारी व्यवस्थापन सम्बन्धी तीन दिने तालिमको समापन भएको छ ।

नगरभित्र रहेका तीन वटा सहकारी संस्थाद्धारा शुक्रबारदेखि आयोजित तालिमको एक कार्यक्रमकाबीच समापन गरिएको छ ।

तालिमको समापन गर्दै जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुवास श्रेष्ठले सहकारी संस्था व्यवस्थित हुनुपर्ने बताए ।

सहकारी संस्था व्यवस्थित नभएसम्म आर्थिक सामाजिक रुपान्तरणका लागि हुने भूमिका प्रभावकारी नहुने श्रेष्ठले बताए ।

श्री साझा सहकारी,जनकल्याण मध्यवर्ती सहकारी र अनमोल सहकारीले संयुक्तरूपमा आयोजना गरेको तालिमको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

तालिममा धिरज कोइराला,कुमार खत्री,सुदन चौधरी र पुष्पराज खतिवडाले प्रशिक्षण दिएका थिए ।

तालिम समापन समारोहमा साझा सहकारीका अध्यक्ष मुकुन्दबहादुर क्षेत्री,जनकल्याण मध्यवर्ती सहकारी सिमराका अध्यक्ष कमला घिमिरे र अनमोल सहकारी अमलेखगञ्जका अध्यक्ष विनय साह,प्रशिक्षक धिरज कोइराला,पुष्पराज खतिवडालगायतले मन्तव्य राखेका थिए ।

जोखिमयुक्त ऋण व्यवस्थापन,कानुनी जटिलता,बैठक व्यवस्थापन, सहकारी व्यवस्थापन सम्बन्धी तालिममा तीन वटा सहकारीका ४२ जना संचालक र कर्मचारीको सहभागिता रहेको थियो ।

Leave a review