नारायणी अस्पतालको एनआईसीयु वार्डमा आगो लाग्यो

साझेदारी दैनिक
207 पाठक संख्या

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको एनआईसीयु वार्डमा मंगलबार साँझ आगलागि भएको छ ।

अस्पतालको प्रसूती गृह भवनमा रहेको एनआईसीयु वार्डमा आगो लागेको हो । उक्त आगलागीबाट कुनै मानवीय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ । अस्पतालको एनआइसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान पुष्टी भएको प्रहरीले जनाएको छ ।

अस्पतालका चिकित्सक डा. दीपक चौरसियाका अनुसार आगलागीबाट एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसीमात्रै जलेर नष्ट भएको बाहेक अन्य कुनैकिसिमको क्षति नभएको बताएका छन ।

उक्त घाटना मंगलबार करिब साँझ ४ः३० बजेतिर भएको आगो लाग्ने बित्तिक्कै अस्पतालका कर्मचारीहरुले बिजुलीको लाइन काटिदिएकाले ठूलो दुर्घटनाबाट जोगिएको चिकित्सक डा. चौरसियाले बताएका छन । एनआईसीयु वार्डमा आगो लागेका बेला वार्ड भित्र कुनैपनि बिरामी बच्चा नभएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

Leave a review

This will close in 0 seconds