सरकारले तोक्यो उखुको सर्मथन मूल्य ७० रुपैया प्रतिक्विन्टल सरकारले थप अनुदान दिने

साझेदारी दैनिक
301 पाठक संख्या

सरकारले सर्मथन मूल्य नतोकेको भन्दै बारा,पर्साका धेरैजसो उखु उत्पादक किसानहरुले चिनी मिल्सलाई उखु विक्री गरेका छैनन् ।

न्युनतम खरिद मुल्य नतोकिएपछि उधारोमा उद्योगहरुलाई उखु नदिने भन्दै अडान लिएका किसानहरुका लागि भने अब उखु विक्री गर्न बाटो खुलेको छ ।

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेसंगै उखु विक्रीको बाटो खुलेको हो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान रकमसँगै उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्ले उखु किसानलाई प्रतिक्विन्टल थप ७० रुपैयाँ अनुदान पनि निणर्य गरेको छ ।

यो बर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । जसमध्ये प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ उद्योगीले र ७० रुपैयाँ सरकारले अनुदान दिने गरी मूल्य निर्धारण गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन ।

सरकारले सर्मथन मूल्य निर्धारण गर्नमा ढिलाई गरेसंगै चिनी उद्योगहरु पनि पुर्ण रुपले संचालन हुन सकेको छैन । मूल्य निर्धारण नहुदा किसानहरुले उद्योगलाई उखु नदिएपछि उद्योगहरु पनि पुर्णरुपमा संचालनमा आउन सकेका थिएनन् ।

Leave a review

This will close in 0 seconds