कलैयाको वडा नम्बर २७ पुर्ण खोप वडा घोषणा

साझेदारी दैनिक
482 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ लाई बिहीबार पुर्ण खोप वडा घोषणा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वडा अध्यक्ष अशोक कुमार तिवारीले एक कार्यक्रमका बिच उक्त वडालाई पुर्ण खोप वडा घोषणा गरेका हुन ।

आधारभुत स्वास्थय सेवा केन्द्रका प्रमुख भागिरथ साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शम्भु राउत कुर्मी,जिरालाल महतो,गफुर अन्सारी,वडा सदस्यहरु नरेस कुशवाहा,आलमम्द अन्सारी,कृष्णवति देवी,लालमति देवी बैठा,स्वास्थयकर्मीहरु रबिना खातुन,रामप्रसाद यादव,सुनिल यादव,वडा सचिव गोरख पडित,मेघराज सहनी लगायतको सहभागिता थियोे ।

कलैया उपमहानगरपालिका कै वडा नम्बर १७ लाई पनि बुधबार एक कार्यक्रमवीच पुर्ण खोप वडा घोषणा गरिएको थियो ।

Leave a review

This will close in 0 seconds