जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव फेरी बारा- २ बाट चुनावमा उठ्ने

साझेदारी दैनिक
468 पाठक संख्या

कलैया : जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद यादव फेरी बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचनमा उठ्ने भएका छन।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई दृष्टिगत गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले उनको नाम सिफारिश गरेको हो। जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टीका केन्द्रीय अध्यक्ष यादवको नाम पहिलो नम्बरमा सिफारिस गरिएको हो।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित तत्कालीन पार्टीका महासचिव रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेका थिए। यसपछि भएको उपनिर्वाचनमा केन्द्रीय अध्यक्ष यादव बारा-२ बाट निर्वाचित भएका थिए। २०७९ सप्तरीबाट पराजय भोगेपछि संसद्बाहिर रहेका उपेन्द्र यादव बाराबाट कांग्रेस सहितका दलको सहयोगमा निर्वाचित भई संसद् प्रवेश गरेका थिए।

जसपाले मंसीर २१ गते हुने निर्वाचनका लागि उपेन्द्र यादवसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादवका छोरा शत्रुधन यादव र रामकिशोर यादवको नाम समेत सो क्षेत्रबाट सिफारिस गरेको छ ।

यता नेपाली कांग्रेसले सोही बारा क्षेत्र नम्बर २ बाट जिल्लाका पूर्वसभापति राधेचन्द यादवको एकल नाम सिफारिस गरेको छ। राधेचन्द यादव यस क्षेत्रबाट पटक–पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन्।

Leave a review

This will close in 0 seconds