कोल्हवीमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला

साझेदारी डेलि
226 पाठक संख्या

कोल्हवी : बारा क्षेत्र नम्बर १ को कोल्हवीमा नेकपा एमाले अगुवा कार्यकर्ता भेला आईतबार सम्पन्न भएको छ ।

कार्यक्रमको नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज, एवम् बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अच्युत प्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै मैनालीले क्षेत्रको विकास, पारदर्शिता र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल,मधेस प्रदेशका सांसद त्रिलोकी प्रसाद चौधरी,नेताहरु केवल प्रसाद चौधरी, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, कोल्हवी नगरपालिकाका पुर्वनगरप्रमुख भरत भण्डारी, युवा नेता सुनिल पाल सहित पार्टीका प्रदेश कमिटी सदस्य जिल्ला तथा नगर कमिटीका सदस्य लगायत उल्लेखनीय सहभागिता रहको थियो ।

वैठकले आगामी निर्वाचन लक्षित चुनावी अभियानलाई अझ सशक्त बनाउने निणर्य गरेको छ । आउँदो २१ गते सूर्य चिन्हमा आफ्नो अमूल्य मत दिई अच्युत प्रसाद मैनालीज्यूलाई अत्यधिक मतका साथ विजयी गराउन तथा सक्षम नेतृत्व, स्पष्ट योजना र इमानदार प्रतिबद्धताका लागि एकताबद्ध भएर अगाडी बढ्ने वैठकले निणर्य गरेको छ ।

Leave a review