जीतपुर : बाराको जीतपुरसिमरा १५ मा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो बार्षिक साधारणसभा गर्नका लागि विभिन्न स्थानमा इकाई भेला गरेको छ ।
सहकारी संस्थाले आफ्नो ३० औं वार्षिक साधारणसभा गर्न विहीबार र शुक्रवार फत्तेपुर, डुमरवाना क्षेत्रका शेयर सदस्यहरूको एकाई भेला सम्पन्न गरेको हो ।
सो इकाई भेलाहरुमा शेयर सदस्यहरूबाट आएका सुझाव तथा प्रतिक्रियाहरूलाई संकलन गरी अन्तिम साधारण सभामा प्रतिवेदनको पेश गर्ने निर्णयसमेत भेलाले गरेको छ । भेलाबाट अन्तिम वार्षिक साधारण सभाका लागि ४६ जना एकाई प्रतिनिधिहरू समेत चयन गरेको संस्थाले जनाएको छ ।
भेलाकै अवसरमा सहकारीले सो क्षेत्रमा पशुपालनमार्फत दुग्ध उत्पादनमा सक्रिय तथा उत्कृष्ट योगदान पु¥याएका चार जना शेयर सदस्यहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो। सहकारी संस्थाले यस्ता कार्यक्रमले दुग्ध उत्पादनको प्रोत्साहन, सदस्यहरूबीच सहकार्य र संस्थाको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

