कलैया : गरिमा विकास बैंक कलैया शाखा र कटिया स्टेशन बीच सहकार्यको लागी सोमबार सम्झौता भएको छ।
बाराको कलैया उपमहानगर–४ मा रहेको गरिमा विकास बैंक कलैया शाखाका शाखा प्रबन्धक नन्दकिशोर यादव र कटिया स्टेशनका प्रोप्राइटर शिवनाथ साह कानु बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
दुबै पक्षले यो सम्झौतालाई दीर्घकालीन साझेदारीको थालनीको रूपमा लिएको बताएका छन्। दुबै पक्षले वित्तीय पहुँचलाई विस्तार गर्ने तथा स्थानीय स्तरमा आर्थिक सशक्तीकरणमा योगदान पु-याउने उद्देश्यका साथ उक्त सम्झौता गरिएको हो।
बैंकले कटिया स्टेशनमा रहेका सेवाग्राहीहरूलाई विभिन्न बैंकिङ सुविधा तथा वित्तीय परामर्श प्रदान गर्नेछ। स्टेशनले पनि गरिमा विकास बैंकसँग मिलेर सामुदायिक तथा व्यवसायिक गतिविधिमा सहकार्य गर्ने उक्त सम्झौतापत्रमा भनिएको छ।
सो कटिया स्टेशनमा ड्रिन्क ( मादक पदर्थ ) बाहेक सम्पूर्णमा गरिमा बैंकका ग्राहक,क्लाइन्ट,ब्यापारीहरुले प्रयोग गर्ने बैंकका खाता,क्रेडिट,डेबिट कार्डबाट भुक्तानी गरे भने १० प्रतिशत छुट पाउने गरिमा विकास बैंक कलैया शाखाका शाखा प्रबन्धक नन्दकिशोर यादवले बताए। उक्त सम्झौताले व्यवसायीमा टेवा पुग्ने विश्वास समेत रहेको उनले बताए ।
उक्त सम्झौता कार्यक्रममा गरिमा विकास बैंक कलैया शाखाका कर्जा प्रमुख सुरेन्द्र प्रसाद कुशवाहा,रोहित प्रसाद सुर्य,अल्फा ढकाल,वृजभूषण कुमार साह,काजल गुप्ता,साजन गुप्ता,कटिया स्टेशनका क्याफे म्यानेजर संजय गुप्ता र कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

