कलैया : सशस्त्र प्रहरी बल नेपालले आफ्नो २५ औँ स्थापना दिवस (रजत महोत्सव) तथा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रमअन्तर्गत बाराको सुवर्ण गाउँपालिका वडा नं. ३ सन्तगंजमा निर्माण गरिएको सार्वजनिक प्रतीक्षालयको उद्घाटन गरिएको छ। सोमबार आयोजित एक कार्यक्रमबीच सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले रिबन काटेर प्रतीक्षालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी.ले सन्तगन्जस्थित सीमा नाकाबाट आवत–जावत गर्ने सर्वसाधारणको सुविधा र सहजताका लागि प्रतीक्षालय निर्माण गरिएको जानकारी दिनुभयो। उहाँले यसले सीमा क्षेत्रमा सेवा र विश्वास अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रम सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सीमा सुरक्षा गुल्म मटिअर्वाका गुल्मपति तथा सशस्त्र प्रहरी नायब उपरीक्षक धन बहादुर राना, बी.ओ.पी. कवहीगोठका सशस्त्र प्रहरी निरीक्षक विश्वराज कार्की, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
यसैबीच, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ९ झरोखर पोखरी नजिक निर्माण गरिएको सुविधासम्पन्न सार्वजनिक शौचालयको सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको ।


