Sajhedari Daily
Latest News from Nepal

ठाकुरराम क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

राम मण्डल
नेपाल बिधार्थी संघले बिभिन्न माँग राख्दै वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा विहिवार तालबन्दी गरेको छ ।
नेबिसंघ ठाकुरराम ईकाई समितिका अध्यक्ष मनोज साह सहितको टोलीले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको होे । नेविसंघले क्याम्पस भित्रका सबै बेथितिहरुको अन्त्य गर्न, उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न र प्राज्ञिक मर्यादा कायम गराउनका निम्ति शैक्षिक सवाल र विद्यार्थी हकहित सँग सम्बन्धित महत्वपूर्ण विषयलाई गम्भिर रुपमा लिदै उल्लेखित विगतकै ११ सुत्रिय माँग राखी क्याम्पस प्रमखको कार्यकक्षमा तालाबन्दी गरिएको नेबि सँघले जनाएको छ ।
संघले शिक्षक कर्मचारीको शिफ्ट अनुसारको पारिश्रमिक, दोहोरो नियुक्ति तलब, छात्रवृत्तिको रकम भुक्तानी, छात्रवृत्तिको लागी अन्र्तवार्ता भइसेको नजिता प्रकाशन, नयाँ सेलेवस अनुसार पुस्तकको व्यवस्थापन लगायतका माँगहरु राखेको छ ।
आफना माँगहरु सम्बोधन नगरिए थप सशक्त रुपमा आन्दोलन गर्ने नेबिसंघ ठाकुरराम ईकाई कमिटीका साहले जानकारी दिएका छन ।