कलैया : अनुशासन भएन भने जीवनमा केही हासिल गर्न नसकिने कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिवकुमार यादवले एक कार्यक्रमविच शनिबार बताएका छन् । बाराको कलैयास्थित श्री ३ चन्द्र माध्यमिक बिद्यालयको सभाहला जिनियस युथ नेपालको आयोजनामा गरिएको फस्ट टाइम इन कलैया क्यारियर काउन्सेलिङ्ग सेमिनारमा उनले यस्तो बोलेका हुन्।
अनुशासन फेल भयो भने जीवन फेल हुने संभावना हुन्छ,त्यही भएर बिद्यार्थीहरुलाई अनुशासनमा बस्नु पर्ने उनले भने। गुरुहरुलाई मर्यादित तरिकाले सम्मान गर्न बिद्यार्थीहरुलाईलाई उनले आग्रह गरेकाछन्। प्रहरी मेरो साथी झै बिद्यार्थी मेरो साथी जस्तै शिक्षक र बिद्यार्थी बीच समन्वय गर्नुपर्ने सुझाव उनले दिए।
पढाई मात्र जागिरका लागि होइन अरु धेरै कुरामा पढाइको आवश्यकता रहेको उनले बताए। पढाइ भएन भने समाजमा समेत इज्जत नहुने उनले जनाए। पढाईमा विषेश ध्यान दिन विद्यार्थीहरुलाई उनले आग्रह गरेका छन्।
सोही कार्यक्रममा ए पल्स हस्पिटलका संचालक डाक्टर विकेश कुमार पाण्डेयले लागू पदार्थ दुव्र्यसनी विरुद्ध प्रेरणादायी संदेश विषयक प्रशिक्षण दिए। मानवसेवा आश्रम वीरगंजका संचालक तथा मोटिभेशनल स्पिकर दिवेश गुप्ताले ब्यक्तित्व विकास,रुचि र क्षमता पहिचान, सीप विकास, लक्ष्य निर्धारण र भविष्यको क्यारियर योजना सम्बन्धी प्रशिक्षण दिएका थिए।
श्री ३ चन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक रमेश कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा कलैया उपमहानगरपालिका –१ का वडा अध्यक्ष मोहनबहादुर क्षेत्री,स्वास्थ्य शाखाका फोकल पर्शन मनोज यादव,सहायक लेखापाल प्रभु गुप्ता,श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहा,संजय केशरी,पवन सरार्फ,विभिन्न क्याम्पसका कक्षा ११ र १२ का विद्यार्थीहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन जिनियस युथ नेपालका अध्यक्ष अन्कुश ब्याहुतले गरेका थिए।


