म्युजिकल चेयर प्रतियोगिता सम्पन्न

साझेदारी दैनिक
476 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर ५ दरबार टोलमा अवस्थित बारा जिल्लाकै जेठो क्याम्पस राम राजा (मो.वि. शाह) बहुमुखी क्याम्पसमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको छ।

क्याम्पसको ३९ औँ वार्षिक उत्सव तथा १३ औँ साधारण सभाको अवसरमा क्याम्पसद्वारा आईतवार उत्त m प्रतियोगिताको आयोजना गरिएको हो । उक्त प्रतियोगितामा शिक्षा र व्यवस्थापन संकायका प्रविणता तहदेखि स्नातकोत्तर तहसम्मका छात्राहरुको सहभागिता रहेको थियो।

प्रतियोगितामा बीबीएस प्रथम वर्षकी ह्यापी मिश्रा प्रथम र कक्षा ११ व्यवस्थापन संकायकी अञ्जली साह द्वितीय भएकी थिए। विजेताहरूलाई १५ गते हुने कार्यक्रममा पुरस्कार सहित सम्मानित गरिने कुरा क्याम्पसले जानकारी गराएको छ ।

सो प्रतियोगिता क्याम्पसकी शिक्षिका पुनम साह र क्याम्पस कै अतिरिक्त क्रियाकलाप प्रमुख अमित मिश्रको नेतृत्वमा सम्पन्न गरिएको थियो।

Leave a review

This will close in 0 seconds