कलैया उपमहानगरपालिका का नगर प्रमुख साहलाई धम्की दिने युवक पक्राउ

संदिप प्रसाद यादव
1.2k पाठक संख्या

कलैया उप–महानगरपालिका का नगर प्रमुख विनोद प्रसाद साहलाई फोन गरी धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष प्रहरी टोलिले पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरेको हो ।

नगर प्रमुख साहलाई धम्की दिएको सम्बन्धी उनले प्रहरी कार्यालयमा जानकारी गराए पश्चात विभिन्न माध्यमबाट धम्की दिने युवकको पहिचान गरी पक्राउ गरिएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गिरीलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले बताए।

Leave a review