नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा कारबाही फुकुवा

संदिप प्रसाद यादव
233 पाठक संख्या

कलैया : नेपाल प्रेस युनियन केन्द्रीय कार्यालयले नेपाल पत्रकार महासंघ निर्वाचनको समयमा कारबाहीमा परेकाहरुलाई फुकुवा गरेको छ । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शुक्रवार बसेको वैठकले कारवाही फुकुवा गरेको हो ।

युनियन केन्द्रीय समितिले कारवाही गरेका बाराका दुई जना सहित अन्य विभिन्न जिल्लाका युनियनकर्मीहरुलाई कारवाही गरेको थियो। नेपाल प्रेस युनियन बारा शाखाका गुरुप्रसाद गौतम, जयनारायण यादव, रुपन्देही शाखाका सदस्य पुजा पन्थी, सुनसरी शाखाका भिषण राई, र सुर्खेत शाखाका सदस्यहरु सुसिलराज शर्मा, माया थापा, नारायण खड्का, इश्वर खड्का र नविन सुवेदीलाई गरिएको कारबाही फुकुवा गरेको केन्द्रीय महासचिव दिलिप पौडेलले जानकारी गराए ।

प्रेस युनियनको विधान–२०४८ (छैठौं संशोधन–२०७९) को धारा ४४ उपधारा (ग) बमोजिम कारवाहीमा परेकाहरुलाई फुकुवा गर्ने निणर्य गरेको महासचिव पौडेलले बताएका छन ।

Leave a review

This will close in 0 seconds