प्रसौनीमा नेकपा एमालेको गाउँपालिका स्तरीय भेला सम्पन्न

साझेदारी दैनिक
331 पाठक संख्या

प्रसौनी । बाराको प्रसौनी गाउँपालिकास्थित चटिया बाबाघाटको प्राङ्गणमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) प्रसौनी गाउँपालिका कमिटीको आयोजनामा आज गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ।

गाउँपालिका कमिटीका अध्यक्ष नाजिर अंसारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुनिल पाल रहनु भएको थियो।

यही कात्तिक २९ गते बारामा आयोजना हुने मोटरसाइकल र्‍याली तथा वृहत् प्रदर्शनमा सहभागिता जनाउन सो भेलामा आग्रह गरिएको महेश विश्वकर्माले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य रफिक हवारी, गाउँपालिका अध्यक्ष बिनोद पटेल, तथा नेताहरू ध्रुव यादव, नरेन्द्र ठाकुर, भागवती न्यौपाने लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित थियो ।

Leave a review