कलैया : बारा-२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ ।
समानुपातिकतर्फ रास्वपाले ३९ हजार ६१९ मत प्राप्त गरी पहिलो भएको हो । त्यस्तै नेपाली कांग्रेसले १० हजार ३३० मत प्राप्त गरी दोस्रो भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत किरण सिंहका अनुसार समानुपातिकतर्फ जनता समाजवादी पार्टी नेपाल ( जसपा) ले ११ हजार ९०९,नेकपा (एमाले)ले ६ हजार ३५६ ,राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३७, नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल / नेपाल जनजागृती पार्टीले १ हजार ३२६,नेपाली कम्युनिष्ट पार्टीले ९८४ , जनमत पार्टीले ८८०,राष्ट्र निर्माण दल नेपालले ४४६,आम जनता पार्टी /जनादेश पार्टी नेपालले ३१६ मत प्राप्त गरी क्रमश तेस्रो, चौथो र पाँचौँ बनेको छ ।
एक लाख १३ हजार ८३९ कूल मतदाता रहेको उक्त क्षेत्रमा ७७ हजार ९१७ मत खसेको थियो । ७५ हजार ६१८ मत सदर हुँदा २ हजार २९९ मत बदर भएको र समानुपातिकतर्फ सो क्षेत्रमा ५७ दलहरूले भाग लिएको छ ।

