विद्यार्थीलाई सीपमूलक तथा प्रयोगात्मक शिक्षा दिनुपर्ने आवश्यकताः नगरप्रमुख पौडेल

साझेदारी डेलि
142 पाठक संख्या

कलैया : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले कलेजलाई त्रिभुवन विश्वविद्यालयबाट आङ्गिक मान्यता दिलाउन पहल आवश्यक रहेको बताउनुभयो। उहाँले औद्योगिक क्षेत्रमै रहेको कलेजले उद्योगसँग सहकार्य गर्दै विद्यार्थीलाई सीपमूलक तथा प्रयोगात्मक शिक्षा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सभामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान पनि गरिएको छ। २०७६–२०८० ब्याचतर्फ व्यवस्थापन संकायमा ५८.०५ प्रतिशत ल्याउने सुनिल श्रेष्ठ र शिक्षा संकायमा ४७.६३ प्रतिशत ल्याउने सुनिता मण्डल सम्मानित भए। त्यस्तै २०७७–२०८१ ब्याचतर्फ व्यवस्थापन संकायमा ६२.९५ प्रतिशत ल्याउने शिवकुमार थपलिया र शिक्षा संकायमा ५३.७७ प्रतिशत ल्याउने मिन्तुल्लाह साह सम्मानित भए। उनीहरूलाई कलेज तथा वडा नं. २ कार्यालयको तर्फबाट जनही ५ हजार ५ सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको थियो।

सभामा विभिन्न क्षेत्रका बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले शैक्षिक गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षा, अनुसन्धान विस्तार तथा रोजगारमुखी कार्यक्रम सञ्चालनमा जोड दिएका थिए। हाल सिमरा कलेजमा व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तह र शिक्षा संकायतर्फ स्नातक तहको अध्ययन सञ्चालनमा रहेको छ।

Leave a review