मनसुनी वायुको प्रभावले धेरैै स्थानमा भारी बर्षा हुने

साझेदारी दैनिक
275 पाठक संख्या

केही दिनदेखी मध्य तराई सहित देशभर अत्याधिक गर्मी बढेको छ । चर्को घाम लागेकाले तराईका जिल्लाहरुमा जनजीवन प्रभावित बनेको छ ।

तराईका बारा,पर्सा,रौतहट लगायतका जिल्लाहरुमा अध्याधिक गर्मीका कारण जनजीवन कष्ठकर भईरहेको छ । योसंगै हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम भारी बर्ष हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम भारी जसको प्रभावले अहिले देशभर आंशिकदेखि साधरणतया मौसमी बदली रहेको छ ।

यो संगै शनिवार राती देशका बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

Leave a review