सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साझेदारी दैनिक
157 पाठक संख्या

कलैया । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला रु १०० र चाँदी रु ३० ले बढेको हो ।

आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार २५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २२० मा कारोबार भएको थियो ।

Leave a review

This will close in 0 seconds