कलैया : नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले अहिले देशमा लोकतन्त्रमाथि नै एक किसिमको संकटको अवस्था रहेको बताएका छन् ।
बाराको कलैयामा नेपाली काँग्रसको क्षेत्र नम्बर ३ ले आयोजना गरेका वैठकमा बोल्दै मन्सुरलेको लोकतन्त्रमाथिको संकट नेपाी काँग्रेस पार्टीले मात्र पार गर्न सक्छ भने आम नेपालि जनताको भावना रहेको बताए । उनले नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक हुदाँ खेरि देशका सबै राजनीतिक पार्टी र आम जनताको दृष्टिकोण र ध्यान नेपाली काँग्रेस पार्टीतर्फ थियो कि के निर्णय गर्दै छ, उनले भने ।
त्यसको निकास निर्वाचनद्वारा मात्र हुनसक्छ,जनताको अभिमत सबैलाई मान्य बाध्यता हुन्छ ,त्यसकारण संघीय निर्वाचनमा नेपालि काँग्रेसले भाग लिने निर्णय गर्र्यो र त्यो आधारमा काँग्रेसले आफ्नो सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा ३ तहको उम्मेदवारीको नाम सिफारिस माग गरेको सह महामन्त्री मंसुरले बताए ।
लगभग १६४ निर्वाचन क्षेत्रमा आफ्नो निर्णयहरिउ गरेर तह गत प्रतिनिधि सभा,जिल्ला कार्य समितिसमेतबाट सिफारिस गर्ने बताए । देश भरि एउटा माहोल बन्दै छ कि नेपालि काँग्रेस यो देशको राजनीतिक ठिक दिसामा लग्ने प्रयासमा रहेको उनले बताए ।
उक्त भेलामा नेपाली काग्रेस पार्टी बाराका सभापति राजेश राय यादव,पुर्वासभापति भोला चौरसिया,जादोलाल जयसवाल,रामानन्द प्रसाद यादव,क्षेत्रिय सचिय नरेन्द्र यादव,जिल्लाका पदाधिकारी,क्षेत्रिय पदाधिकारी,नेता तथा कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन क्षेत्रिय सचिव राजेश भण्डारीले गरेका थिए ।


