पर्सामा ८ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई युवक पक्राउ

साझेदारी डेलि
17 पाठक संख्या

बारा । पर्सामा खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत शनिबार जिल्ला प्रहरी कार्यालय पर्साका मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–३१ कटगेनवा स्थित सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार ना ३९ प २५३२ नम्बरको स्प्लेन्डर मोटरसाइकलमा सवार भेडियाहीबाट मिलचोकतर्फ आउँदै गरेका व्यक्तिमाथि शंका लागेपछि मोटरसाइकल रोकी चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा उनीहरूले लगाएको पाइन्टमा लुकाइछिपाइ राखिएको ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ परसवा निवासी २० वर्षीय राहुल सिंह र बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ खालका टोल निवासी १९ वर्षीय नन्दन गुप्ता रहेका छन्।

बरामद लागुऔषध र मोटरसाइकलसहित दुवै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

Leave a review

This will close in 0 seconds