पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना पक्राउ

साझेदारी डेलि
81 पाठक संख्या

कलैया । पर्सा प्रहरीले बोक्सी आरोप कसूर गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी बस्ने ३८ वर्षीया पिंकी देवी, सोही ठाउँकी ४४ वर्षीया पानामति देवी एवम् ५४ वर्षीया शान्ति देवी धानुक रहेका छन्।

फागुन २७ गते वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी टोल स्थित गहु बारीमा बाली हेर्न जाने क्रममा २८ वर्षीया मुनती देवी समेतले जाहेरवालीलाई बाटो छेकी झुक्यानमा पारी एकछिन काम छ, जोरजुलुम गरी आफ्नो घर आँगनमा लगेकी थिइन्।

किन भुत प्रेत लगाइ बिरामी पारेको भनी गालीगलौज तथा चप्पलले कुटपिट गरेको भनी वीरगञ्ज महानगरपालिका वडा नं.३२ चोर्नी बस्ने वर्ष ७२ की कोशिलिया अहिरिनले जाहेरी दिएकी थिइन्। सोही दरखास्तको आधारमा सो कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघरमा घुमफिर गरिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। बोक्सीको आरोप ( कसूर र सजाय ) ऐन,२०७२ अनुसार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप लिइ आवश्यक अनुसन्धान कार्य भैरहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds