जीतपुरको मुख्य राजमार्गमै लाग्दै आएको बजार हटाईयो

रञ्जन यादव
352 पाठक संख्या

बाराको जीतपुरमा मुख्य राजमार्गमै लाग्दै आएको बजार जीतपुरसिमरा उपमहानगरपालिकाले हटाएको छ ।

नगरप्रमुख राजन पौडेलको निर्देशनमा नगर प्रहरी,जनपद प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा उपमहानगरपालिकाले सड्क,फुटपाथ र नालामाथि हुँदैँ आएको कपडा,फलफुल,अण्डा,चटपटे लगायतको ब्यपार हटाएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेलागाडा,घुम्ती,खाँट,ट्यांकी,टहरा लगायतका अस्थाई संरचना हटाइएको छ । संरचना हटाएपछि बेलहिया सडक क्षेत्रमा पैदलयात्रु,सवारी साधन आवागमनमा सहज भएको छ ।

सडक अतिक्रमणले सडक साँघुरिदै गएको र सवारी दुर्घटनाको जोखिम समेत बढेको थियो । सडक अतिक्रमण गरी राखिएका बनाइएका संरचनाहरू हटाउन बारम्बार ताकेता गरेर सुचना निकाले पनि ब्यपारीहरु हटाउँन मानेका थिएनन् ।

जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका माहासचिव प्रकाश गिरीले राजमार्गमा गर्दै आएको ब्यपार हटाएकोमा खुसी ब्यक्त गर्नुभएको छ । नगर प्रमुख पौडेलको यस्तो कार्यको प्रशंसा गर्नुभएको थियो ।

उपमहानगरपालिकाकै महत्वपुर्ण बजार जीतपुर बजार जथाभाबी गरिएको ब्यपारब्यवसायका कारण दिनप्रतिदिन कुरुप बन्दै गएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाको सदरमुकाम जीतपुरमा दैनिक रुपमा लाखौँ नगर वा नगर भन्दा बाहिरका मानिसहरु आवतजावत गरिरहेका हुन्छन् ।

जसले गर्दा आन्तरिक र बाहय पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ’ उनले भने, ’नगरलाई स्वच्छ, सफा र हरियाली बनाउन नगरलाई सधै ब्यपार संघको साथ रहने छ ।’सडक सबैको साझा भएकोले यसको संरक्षणमा सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने माहासचिव गिरीको भनाइ छ ।

जथाभाबी रुपमा सड्कमै ब्यपार,ब्यवसाय कारण जीतपुरमा दैनिक रुपमा साना देखि ठुला दुर्घटना हुँदैआएको थियो ।

सड्कमा ब्यवसाय गर्दै आएका ब्यवसायीहरुको कारण महङ्गो मुल्य दिएर सटर भाडा गरी ब्यवसाय गरीरहेका ब्यवसायीहरु मर्कामा थिए । सटर ब्यवसायिहरु बेच्ने सामानको मुल्य भन्दा सड्क ब्यवसायीको सामानको मुल्य सस्तो पर्दा सटर ब्यवसायीहरु मर्कामा परेको दुखेसो गर्दै आएका थिए ।

प्रहरीहरुले सड्कबाट सामान हटाउँन थालेपछि केही ब्यपारिहरुले आफै सामान हटाएका थिए भने अटेरी गर्नेलाई बलपुर्बक हटाईएको थियो ।

Leave a review

This will close in 0 seconds