सिरहा । सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ लालपुर निवासी २१ वर्षीय श्यामसुन्दर साह रहेका छन् ।
जिल्लाको सुखीपुर नगरपालिका–२ छजनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।
पछिल्लो समय जिल्लामा लागुऔषध ओसारपसार तथा कारोबारका घटना बढ्दै गएपछि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ ।


