नवजन्म सुधार केन्द्रमा एक युवकको मृत्यु

साझेदारी दैनिक
514 पाठक संख्या

कलैया । बारामा नवजन्म सुधार केन्द्रमा राखिएको एक युवकको मृत्यु भएको छ ।

बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वर्डा नम्बर ४ बैंक रोडमा रहेको नव जन्म सुधार केन्द्रमा शुक्रबार राती एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका वर्डा नम्बर ९ रामपुरमा बस्ने अन्दाजी ३२ वर्ष धिरेन्द्र महतो रहेको प्रहरीले जनाएको छ ।

मृत्युको हाल सम्म कारण नखुलेको र घटनाको अनुसन्धानका लागी ६ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले बताएका छन् ।

मृतक महतोको शव हाल प्रादेशिक अस्पताल कलैयामा पोस्टमार्टमको लागि राखिएको उनले बताए ।

Leave a review

This will close in 0 seconds