पर्सामा लागूऔषध गाँजा ओसारपसार कार्यमा संलग्न सवारीसाधनसहित दुई जना पक्राउ

साझेदारी डेलि
81 पाठक संख्या

बारा । पर्सा प्रहरीले लागूऔषध गाँजा ओसारपसार कार्यमा संलग्न सवारी साधनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सवारी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. २ बस्ने अन्दाजी ३० वर्षीय सुभाष थामी र सोही वडाका २८ वर्षीय छत्र बहादुर थामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिशेष सूचनाको आधारमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित ड्राईपोर्ट परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार पथलैयाबाट बीरगञ्ज तर्फ आउँदै गरेको बा.१९. च ५७३८ नम्बरको बोलेरो पिकअप गाडी रोकी चेकजाँच गरेको थियो ।

सो क्रममा गाडीको पछाडीको डब्बामा त्रिपालले छोपी प्लाष्टिकले बेरिएको ८ पोका अन्दाजी १०९ के.जी. लागु औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।

प्रवक्ता बस्नेतका अनुसार सवारी पिकअप,लागू औषध गाँजासहित दुबै जनालाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

Leave a review

This will close in 0 seconds