वीरगञ्ज : ५६ लाख ४६ हजार ४ सय २९ बराबरका मालबस्तुहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले सो सामान बरामद गरेको हो।
प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको सामानहरु नियन्त्रणमा लिएको हो। पक्राउ गरिएका सामानहरुमा विभिन्न किसिमका ईलेक्ट्रोनिक्स,खुद्रा,खाद्यान्न, सुर्ती,चप्पल लगायतका मालबस्तुहरू रहेका छन्।

