कलैया–२६ मा नगर प्रमुख विनोद साहद्वारा १४० वटा भैंसी हस्तान्तरण

साझेदारी डेलि
209 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 42;

कलैया । बाराको कलैया उपमहानगरपालिका–२६ मा जीविकोपार्जन सुधारका लागि १४० वटा भैंसी हस्तान्तरण गरिएको छ।

राष्ट्रिय योजना आयोगको आर्थिक सहयोग तथा कलैया उपमहानगरपालिका–२६ को आयोजनामा सञ्चालित
जीविकोपार्जन सुधारका लागि व्यावसायिक पशुपालन तथा खोर सुधार कार्यक्रमअन्तर्गत शुक्रबार सिस्वामा नगर प्रमुख विनोद साहले १४० जना लाभग्राही किसानलाई भैंसी हस्तान्तरण गरेका हुन्।

वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादवका अनुसार कार्यक्रमका लागि १९५ जनाको आवेदन परेपनि आवश्यक मापदण्ड पूरा गरेका १४० जनालाई मात्र भैंसी वितरण गरिएको हो। पशुपालन गर्ने क्षमता, व्यवस्थित खोर, पराल भण्डारण गर्ने स्थान तथा घरमा श्रमशक्ति उपलब्ध भएका किसानलाई प्राथमिकतामा राखेर छनोट गरिएको उनले बताए।

उनका अनुसार शुक्रबार १२५ वटा भैँसी सम्बन्धित कृषकलाई हस्तान्तरण गरिएको छ भने बाँकी १५ वटा भैँसी आगामी दुई दिनभित्र वितरण गरिनेछ। उनका अनुसार करिब १ लाख १८ हजार रुपैयाँमा प्रती भैंसी खरिद गरिएको छ । वडा अध्यक्ष यादवले लाभग्राहीका खोर सुधारको कामसमेत भइरहेको जानकारी दिए।

वितरण गरिएका सबै भैंसीको बीमा गरिएको छ भने तीन वर्षसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। निर्धारित अवधिभित्र बिक्री गरेको पाइए कानुनबमोजिम असुलउपर गरिने उनले बताए।

उक्त भैंसी हस्तान्तरण कार्यक्रममा उप-प्रमुख रौशन परविन, वडा नं. ४ का अध्यक्ष रामेश्वर प्रसाद यादव, वडा नं. ६ का अध्यक्ष रामबिश्वास ठाकुर लोहार, वडा नं. २७ का अध्यक्ष अशोक तिवारी, शिक्षा शाखा प्रमुख राजिव कुमार यादव, वातावरण शाखा प्रमुख भुलन साह, प्रदीप साह, वडा सदस्य, समाजसेवी तथा किसानहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds