कलैया : बाराको सुवर्ण गाउँपालिका वडा नंवर ६ टोल मुसहर्ना स्थित शेख सफी अहमदको किराना पसलमा चोरी भएको छ।
सो पसलमा स्थानीय सोही ठाँउमा बस्ने जाल मियाँ भन्ने लालमहम्मद मिया कुजडाले लाखौं बराबरको रकम चोरी गरेको आरोप लगाइएको छ।
करिब दिउँसो १ः३० बजेको समयमा पसले शेख सफी अहमद नमाज पढन मस्जिद गएको बेला उक्त पसलको चुकुल हटाई नगद रकम चोरी गरी फरार भएको जनाइएको छ।
घटना हुने लगत्तै पसल धनी शेख सफी अहमदले तेलकुवा प्रहरी चौकीमा तुरुन्त खबर गरेका थिए। गाउँमा हुने अधिकांश घरदैलोको सरसमान लगायत मोबाइल चोर्न माहिर रहेको रहस्य गाँउलेहरुले खुलाएका छन्।
घटनाको सुक्ष्म छानबिन सहित क्षतिपूर्तिको लागि आइतबार जिल्ला प्रहरी कार्यालय बारामा उजूरी दिने पसल धनीका छोरा शेख महताब आलमले जानकारी दिए।

