समाचारको प्रभाव : कलैया-१ मा ढलान सडकमाथि बिछ्याइएको ब्लक चार दिनपछि हटाइयो

साझेदारी डेलि
87 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–१ स्थित सोनरपट्टि क्षेत्रमा ढलान गरिएको सडकमाथि बिछ्याइएको ब्लक समाचार सार्वजनिक भएको चार दिनपछि हटाइएको छ।

बारा क्षेत्र नं. ३ (क) का प्रदेशसभा सदस्य रविन्द्र दास श्रेष्ठको योजनाअन्तर्गत हाटबजार स्तरोन्नतिका लागि विनियोजित २० लाख रुपैयाँको बजेटबाट ढलान गरिएको सडकमाथि ब्लक बिछ्याइएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि पूर्वाधार विकास कार्यालय बाराले तत्काल चासो दिएको थियो।

कार्यालय प्रमुख ओमकुमार साहले उपभोक्ता समितिलाई ब्लक तत्काल हटाउन निर्देशन दिएपछि समितिमार्फत काम गरिरहेका ठेकेदार विजय गुप्ताले सोमबार राति ब्लक हटाएका हुन्।

ढलान भइसकेको सडकमाथि पुनः ब्लक बिछ्याएर सार्वजनिक बजेट खर्च गर्न खोजिएको भन्दै स्थानीयवासीले विरोध जनाएका थिए। सोही योजनाअन्तर्गत दहि बजारमा ब्लक लगाइएको छ ।

Leave a review

This will close in 0 seconds