स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादवले लिए शपथ

साझेदारी दैनिक
332 पाठक संख्या

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटाएर जनता समाजवादी पार्टी (जसपा) बनेको सरकारमा सहभागि भएको छ ।

सरकारमा सहभागी भएका जसपाबाट दुई जनाले सोमवार मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार जसपाबाट सरकारमा सहभागी हुदै एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।

जसपाबाट मन्त्री बनेका मध्ये पार्साका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका थिए ।

यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् भने खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको छ ।

गत वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाकाका एक जना मन्त्री पहिले नै सरकारमै छन् ।

Leave a review