नदि नियन्त्रण र बाढीको जोखिम हटाउनु मुख्य उद्धेश्य : मेयर खनाल

साझेदारी दैनिक
साझेदारी दैनिक 391 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

नदि नियन्त्रण गरेर वर्षायाममा हुने बाढीको जोखिम हटाउनु आफुहरुको मुख्य उद्धेश्य रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनु भएको छ ।

लालबकैया नदीमा अनाधिकृत रुपमा नदिजन्य पदार्थ उत्खनन भईरहेको भन्दै केहि संचार माध्यम र सामाजिक संजालमा भईरहेको टिका टिप्पणीको खण्डन गर्दै शनिबार आयोजित पत्रकार सम्मेलनमा मेयर खनालले वर्षायाममा हुने बिनाशलाई नियन्त्रण गर्न नगरपालिकाले अहिले द्रुत गतिमा नदिलाई असर नहुनेगरी च्यानलाईज गरिरहेको बताउनुभयो ।

गत वर्ष आएको बाढीले वडा नम्बर ४ स्थित ड्याम भत्काएर बस्तीतिर नदि छिर्न थालेपछि सो ठाउमा च्यानलाईज गरिएको खनालले बताउनुभयो । जुन च्यानलाईज गर्नैपर्ने अति जोखिमयुक्त क्षेत्र हो । हाल निजगढ नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिएको सुदिपा ट्रेडिङ प्रालिको सहयोगमा बस्तीतर्फ सोझिएको नदीलाई च्यानलाईज गरेर नदीको मुलधारतर्फ फर्काउने काम गरिरहेकोछ ।

जसलाई लिएर केहि संचार माध्यम र सामाजिक संजाल प्रयोगकर्ताहरुले नदीमा अनाधिकृत उत्खनन भएको भन्दै नदि नियन्त्रणको काममा अवरोध श्रृजना गर्न खोजेका हुन । विगतका वर्षहरुमा बकैया नदीले व्यापक रुपमा धनजनको क्षति तथा भविष्यमा समेत नदिजन्य प्राकृतिक विपद आउनसक्ने अनुमानका आधारमा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा उल्लेखित स्थान तथा परिमाणमा उत्खनन गर्ने गरि बिभिन्न उपसमिति,समितिको निर्णय,सरोकारवालाहरुको सुझाव,स्थानीय बासिन्दाको अनुरोध बमोजिम नै निजगढ नगरपालिकाको कार्यालयबाट विधिसम्मत निर्णय गराई गत जेठ दोश्रो हप्तादेखि उत्खनन कार्य संगै नदि नियन्त्रण गरेर बस्ति जोगाउने कार्य गरिएको मेयर खनालले बताउनुभयो ।

नदीको वैज्ञानिक तटबन्धन गर्नका लागी नेपाल सरकार तथा प्रदेश सरकारका बिभिन्न मन्त्रालय,बिभाग,आयोजनामा पटक पटक लिखित,मौखिक,प्रत्यक्ष भेटघाट लगायतका विविध माध्यमद्वारा जानकारी गराउँदा पनि कुनै ठोस प्रगति हुन् नसकेकाले नदिजन्य पदार्थको व्यवस्थित उत्खनन गरि वडा नम्बर ४,७ र ९ मा नदि च्यानलाईज गरि सुरक्षित मानव बस्ति बनाउनु आफुहरुको उद्धेश्य रहेको मेयर खनालले बताउनुभयो। राजश्व संकलन गर्ने मात्रै आफुहरुको लक्ष नरहेकोले मानव बस्ति जोगाउनतिर आफुहरुको ध्यान केन्द्रित रहेको मेयर खनालको धारणा रहेकोछ ।

नगर प्रमुखकै मिलेमतोमा नदीमा अवैध उत्खनन भएको भन्ने कुरा भ्रामक भएको र सो कुरालाई प्रमाणित गर्न सके आफु जस्तोसुकै सजाय भोग्न तयार रहेको मेयर खनालको प्रतिक्रिया रहेकोछ । बकैया नदि नियन्त्रण गर्नका लागि नगरपालिकाले अहिले द्रुत गतिमा काम गरिरहेको अवस्थामा आफुलाई युवा नेताको संज्ञा दिने र बकैया नदि नियन्त्रणमा अवरोध गरेर भविष्यमा निजगढलाई बाढीको उच्च जोखिममा पार्न खोज्ने केहि तत्वहरुले उक्त कार्यको विरोध गरेकाहुन ।

यता निजगढका सामाजिक व्यक्तित्वहरुले भने नगर प्रमुख र नगरपालिकाप्रती लक्षित त्यस्ता खाले कार्यले निजगढलाई मरुभूमि बनाउने भन्दै नगरपालिकाले गरिरहेको नदि नियन्त्रणमा सबैको प्रत्यक्ष अनुगमनकासाथ सहयोग गर्नुपर्ने प्रतिक्रिया व्यक्त गरेकाछन ।

समाचार शेयर गर्नुहोस
Leave a review