कोल्हबी :धीरेन्द्र पनुहर/ बाराको कोल्हवीमा निशुल्क शिक्षक सेवा आयोग प्रथम पत्र तयारी कक्षा २०८२ को उद्घाटन भएको छ। एक कार्यक्रमको बिच कार्यक्रमको प्रमुख अतिथि कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीले गमलामा पानी हाली कार्यक्रमको उदघाटन गरेकी हुन्।
प्रमुख अतिथि समेत रहेकी नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीले निशुल्क शिक्षक सेवा आयोग प्रथम पत्रको तयारी कक्षामा सहभागी सबैलाई राम्रोसंग अध्ययन गर्न सुझाव दिइन्। उनले बिधार्थी बहिनीहरुलाई मेहनतको साथ लगनशील भएर पढ्नको लागी सल्लाह दिइन्। अगामी दिनमा शिक्षक सेवामा नाम निकाली कोल्हबी नगरपालिकाको नाम रोशन र आ आफ्नो भविष्य बनाउन सफल होस भनी आग्रिम बधाई समेत उनले दिइन्।
कोल्हबी नगरपालिकाले आर्थिक बर्ष ८२/८३ मा निशुल्क शिक्षक सेवा आयोग प्रथम पत्र तयारी कक्षाको लागि ५ लाख बजेट बिनियोजन गरेको छ। कोल्हबी नगरपालिका वडा न १ का वडा अध्यक्ष राजहरण चौधरीको सभापतित्वामा सो कार्यक्रम सम्पन्न भएको हो। नगरपालिकाको १ देखि ११ वडाबाट बिधार्थी छनौट गरि कक्षामा सहभागी गराउने कार्यक्रम संयोजक लोकनाथ ओलिले जानकारी दिए। यस बर्ष ८८ जना बिद्यार्थीहरु वडाबाट छनौट भएर कक्षामा सहभागी भएका छन। कक्षा बिहान ७ बजे देखि सुरु हुने कार्य तालिका रहेको छ।
उदघाटन कार्यक्रममा कोल्हबी नगरपालिका वडा न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी , ४ का वडा अध्यक्ष बिष्णु मैनाली, योजना शाखाका प्रमुख संजय मैनाली ,श्री जनता मा बि ककडी परसौनाका प्र अ चन्द्रदेव कुशवाहा र स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत कोल्हबी नगरपालिका ३ का वडा अध्यक्ष किशुनदयाल चौधरीको थियो।सहजीकरण लोकनाथ ओलिले गरेका थिए।

