वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

बारामा ३७ हजार एक ६१ जना नयाँ मतदाता थपिए

बारामा हालसम्मा नयाँ र पुराना गरी चार लाख १३ हजार ७ जना मतदाता पुगेका छन् । आगामी निर्वाचनलाई लक्षित गरि निर्वाचन आयोगले देशभरमा मतदाता नामावली संकलन गर्ने कार्य संचालन गरिरहेको छ । जिल्ला निर्वाचन कार्यालयहरुले जिल्लाका सवै पालिकाहरुमा मतदाता नामावली संकलन कार्य गरिरहेका छन ।

बारा जिल्लामा पनि झण्डै ३७ हजार मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ । निर्वाचन कार्यालयले कार्यालयले मंसिर तेस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम संचालन गरिरहेको छ ।

निर्वाचन कार्यालयले जिल्लाका १६ पालिका मध्ये १३ वटा पालिकामा दुई चरणमा मतदाता नामावली संकलन कार्य गरिरहेको छ । ईलाका प्रशसान तथा जिल्ला प्रशासन कार्यालयहरुबाट नयाँ १७ हजार सात ८२ र टोलीमा १९ हजार तीन ७९ र गरी जम्मा ३७ हजार १६१ जना नयाँ मतदाताको नाम दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत सरोज कुमार चौधरीले बताएका छन ।

जसमा ९ हजार सात ३६ महिला र ९ हजार छ सय ४३ पुरुष गरी १९ हजार तीन सय ७९ जनाले टोलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय बाराले मंसिर १७ गतेदेखि पौष २ सम्म ७ वटा पालिका र पौष ४ गतेदेखि १८ गतेसम्म ६ वटा पालिका गरी जम्मा १३ वटा पालिकाहरुमा दुईचरणमा टोलीमार्फत नामावली संकलन गरिएको थियो ।

टोली बाहेक कलैया स्थित निर्वाचन कार्यालय सिमरा, र कोल्हबी ईलाका प्रशासन कार्यालय मार्फत नियमित रुपमा नामावली संकलन भइरहेको अधिकृत चौधरीले बताएका छन । उनुभयो । उल्लेखित कार्यालयसम्मै पुगेर ८ हजार ३५ जना महिला र ९ हजार ७४७ जना पुरुषले नाम दर्ता गरेका हुन् ।

कलैया जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकामा निर्वाचन कार्यालय तथा ईलाका प्रशासन कार्यालय भएका कारण टोली नपठाइएको चौधरीले बताउनुभयो । संचालित टोली मध्य सबैभन्दा सिम्रौनगढमा तीन हजार ५३६ जना, सिम्रौनगढ नगरपालिकामा र सबै भन्दा कम १ हजार १० जना देवताल गाउँपालिकामा मतदाता थपिएका छन् ।

यसरी टोलीमा नाम दर्ता गर्नेमा यूवाहरुको संख्या सवैभन्दा बढि रहेकोे निर्वाचन अधिकृत चौधरीले बताएका छन ।  यसअघि बारामा एक लाख ६८ हजार ११९ महिला, २ लाख ७ हजार ७१६ पुरुष र ११ जना तेस्रो लिङ्गी गरी ३ लाख ७५ हजार ८ सय ४६ मतदाता रहेको निर्वाचन अधिकृत चौधरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!