पञ्चवर्षीय गढीमाई मेलाको शोभा यात्राको रुट गरियो सार्वजनिक

संदिप प्रसाद यादव
347 पाठक संख्या

कलैया : प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलाको शोभा यात्राको रुट सार्वजनिक भएको छ।

महागढीमाई नगरपालिकको वडा नम्बर १ बरियारपुरमा रहेको गढीमाई मेलाको शोभा यात्राको लागी बुधबार गढीमाई पञ्चवर्षीय मेला संचालन तथा व्यवस्थापन मूल समितिले रुट सार्वजनिक गरेको हो ।

मेलाको मूल समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवका अनुसार बिहिवार उद्घाटन एवं शोभा यात्रा निकालिने छ।

शोभा यात्राको लागि प्रस्थान विन्दु गढीमाई मन्दिर देखि बरियारपुर गाउँ हुदै वरियारपुर ईनर्वा चौक,तेलकुवा चौक नहर हुँदै बसतपुर चौक –मटिअर्वा चौक देखि शितलपुर– विशम्भरपुर, कलैया भरत चौक देखी गुप्ता पेट्रोल पम्प देखि अंसारी पेट्रोल पम्प,अदालत रोड रामपुर–विजुलपुर देखि गंजमवानीपुर – दहियार हुदै गढीमाई मन्दिर सम्म अन्तिममा आएर शोभा यात्रा सम्पन्न हुने यादवले जानकारी दिएका छन् ।

सबै सरोकारवालाहरुलाई शोभा यात्रामा सहभागि हुन समेत उनले आग्रह गरेका छन् ।

बिहिवार विहान ९ बजे गढीमाई मन्दिर परिसरबाट शोभा यात्रा सुरु हुने मूल समितिका अध्यक्ष यादवले जानकारी दिएका छन्। मंसिर २२ गते राँगा र २३ गते बोका बलि चढने अध्यक्ष यादवले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds