प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह

साझेदारी दैनिक
साझेदारी दैनिक 379 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह

आयोगले कोभिड–१९ कोकथाम र नियन्त्रणका लागि देशभर सञ्चालित क्वारेन्टिन मापदण्डअनुरुप व्यवस्थितरुपले सञ्चालन गर्न आग्रह गरेको छ । सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले सङ्कट झनै लम्बिन सक्ने देखिएको छ । झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्ड विपरीत सञ्चालनमा रहेकाले आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासिन देखिएको आयोगले जनाएको छ ।

आयोगले क्वारेन्टिनमा रहेकाको पिसिआर परीक्षणलाई तीव्रता दिन तथा नेपालको संविधानको धारा ५२ बमोजिम मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवद्र्धन गर्ने राज्यको दायित्व प्रभावकारीरुपमा पूरा गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र त्यसबाट हालसम्म मृत्यु भएका ११ जनामध्ये नौजनाको मृत्यु क्वारेन्टिनभित्र भएको, दुई हजार ९०० भन्दा बढी सङ्क्रमित भएको र एक लाख ६७ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा नै रहिरहेको अवस्था उल्लेख छ ।रासस

समाचार शेयर गर्नुहोस
Leave a review