कलैया : प्रहरीले रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ बन्जराहा झुलुङ्गेपुलबाट सोमबार राति कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया बस्ने २१ बर्षिय सावन कुमार गिरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनको साथबाट एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोल,आठ एम.एम.को लाईभ तीन राउण्ड गोली र लागु औषध गाँजा ९० किलो ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
बिशेष सुचनाको आधारमा लागु औषध ओसार पसार भईरहेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिृएको प्रहरी टोलीले लालबकैया नदीको केराबारी हुदै नेपाल बाट भारत तर्फ टाउकोमा बोकी लादै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेर उनी उक्त सामान फाली फरार भएका थिए।
उनलाई नियन्त्रणमा लिई चेकजांच गर्ने क्रममा गिरीले लगाएको पाईन्ट बाट आठ. एम.एम.को तीन राउण्ड गोली,सोही स्थान नजिककै एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोल, लागु औषध गाँजा ४ बोरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


