रञ्जन यादब /
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा चोकबाट चोरीको मोटरसाईकल सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने सफिक देवानको नाममा दर्ता रहेका प्र.२(०३)०१४प.४५८४ नम्बरको रातो र कालो रंग भएको मोटरसाईकल खोज तलास गर्ने क्रममा सवारी सहित तिनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जितपुर सिमराउपमहानगरपालिका वडा नम्बर २० बस्ने २४ बर्षका आकाश प्रसाद चौरसिया, सोही स्थान बस्ने बर्ष १९ का निरज पास्वान र २४ बर्षिय सुनिल यादव रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
पक्राउ परेका तिनै जना माथी चोरी मुद्दामा म्याद थप गराई अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुुख प्रहरी नायब उपरिक्षक मनोजित कुुँवरले जानकारी दिनुुभयो


