कोल्हवी नगरापालिका वडा नम्बर ८ मा एक महिला मृत फेला

साझेदारी दैनिक
साझेदारी दैनिक 499 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सन्तोष पाण्डे/
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्तीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन ।
करिब २२ बर्षिया सलिना खाँड ठकुरीको आफ्नै घरमा मृत अवस्थामा आज विहान फेला परेको प्रहरीले जनाएको छ । सलिनाको हत्या हो वा आत्माहत्या हो? यो विषय अनुसन्धानको विषय बनेको छ ।

सलिनाको श्रीमान वैदेशीक रोजगार रोजगारीको शिलसिलामा साउदीमा रहेकाले उनी एक्लै घरमा वस्तै आएकी थिइन । हिजो बेलुका घरायसी काम गरेकी सलिना विहान अबेरसम्म नउठेसी छिमेकीले हेर्दा उनको शव मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको हत्या हो या आत्मा हत्या भन्ने पुष्टी पोष्टमाटमको रिपोर्ट आएपछि मात्र थाहा हुने ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरिक्षक बलाष्टर सिंहले बताएका छन । महिलाको माईती नवलपरासी रहेकाले माईति पक्षको रोहवरमा मात्रै शव उठाई पोष्टमार्टम गर्नको लागि कलैया अस्पतालमा पठाइएको प्रहरी निरिक्षक सिंहले बताए ।

उनको शव अहिले कलैया अस्पतालमा रहेको छ । भोली पोष्टमार्टम गरी माईति पक्षलाई जिम्मा लगाउने प्रहरी निरिक्षक सिंहले बताए ।

प्रहरी निरिक्षक सिंहको अनुसार सलिनाको शव उनको घरभित्र ओछ्यानमै सुतिरहेको अवस्थामा फेला परेको र घरभित्र एक ठाउमा तथा घरभन्दा बाहिर करिब ५० मिटर पर खेतबारीमा गरि दुई ठाउमा बमिट गरेको समेत फेला परेको प्रहरी निरिक्षक सिंहले बताए । उक्त बमिट सलिनाकै हो या अरु कसैको हा? अनुसन्धानले खुल्ने प्रहरीले जनाएको छ । मृत फेला परेकी सलिनाको छोरा छोरी नभएको छिमेकीहरुले बताएका छन ।

समाचार शेयर गर्नुहोस
Leave a review