वीरगञ्जमा मृत अवस्था बेवारिसे फेला परेका पुरुषमा कोरोना पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 582 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज महानगरपालिकामा मृत अवस्थामा भेटिएका बेवारिसे शवमा कोरोना सँक्रमण पुष्टि भएको छ ।
गत जेठ २८ गतेका दिन वीरगञ्जको घण्टाघरको उतरतर्फ रहेको खाली जग्गामा भेटिएको बेवारिसे शबमा कोरोना सँक्रमण देखिएको छ । बेवारिसे अवस्थामा भेटिएको शबको स्वाब सँकलन गरि पिसिआर परिक्षण गर्दा पाजेटिभ रिपोर्ट आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत विजय झाले जानकारी गराएका छन ।

अन्दाजी करिब २५ बर्षिया ती पुरुषको नाम ठेगाना भने हालसम्म खलेका छैन । शबलाई नारायणी अस्पतालकै शवगृहमा राखिएको छ ।

पर्सामा शनिवार दुई बर्षिय बालकासहित थप ५ जनामा कोरोना सँक्रमण पुष्टि भएको छ । शनिवार थपिएका संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका एक पुरुष र एक महिला,पर्साको सखुवा प्रसौनी गाउपालिकाका डेढ बर्षिय र ३ बर्षिय बालकसँगै उनकी आमामा समेत कोरोना सँक्रमण पुष्टि भएको बरिष्ठ जन स्वास्थय अधिकृत झाले नियमित पत्रकार सम्मेलनमा बताएका छन ।

वीरगञ्ज महानगरपालिकाका दुईजना संक्रमित भने भारतबाट फर्केर वीरगञ्जकै होटेल कन्ट्री ईनको क्वारेन्टाईनमा बस्दै आएका थिए । उनीहरुको जेठ २६ गते स्वाब संकलन गरि नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । यस्तै भारतको लुधियानाबाट फर्केर सखुवा प्रसौनी गाउँपालिकामा रहेकाहरु पनि क्वरेन्टाईनमा बस्दै आएका थिए ।

समाचार शेयर गर्नुहोस
Leave a review