विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको भव्य शोभायात्रा निकालियो

संदिप प्रसाद यादव
474 पाठक संख्या

कलैया : मंसीरमा आसन्न विश्व प्रसिद्ध पञ्चबर्षीय गढीमाई मेलाको पुर्वसन्धामा विहीबार शोभा यात्रा भब्यताका साथ निकालिएको छ ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुमा रहेको गढीमाई मन्दीरमा लाग्ने पञ्चबर्षीय मेलाको पुर्वसंध्यामा घटास्थापनाको दिन पारेर विधिवत रुपमा शोभा यात्रा निकालिएको हो ।

प्रत्येक पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध पञ्चबर्षीय मेलाका लागि विहीवार अपरान्ह गढीमाई मन्दिरबाट शोभा यात्रा शुरु भएको थियो । दुलदुल घोडा,हात्ती,घोडा,उट,विभिन्न झाकी,भङ्गडा बाजागाजा सहित वृहत शोभा यात्रा निकालिएको थियोे ।

शोभा यात्रा गढीमाई मन्दिरदेखि बरियारपुर गाउँ हुदै बरियारपुर ईनर्वा चौक, तेलकुवा चौक नहर हुँदै बसतपुर चौक –मटिअर्वा चौकदेखि शितलपुर– विशमरपुर, कलैया भरत चौक,गुप्ता पेट्रोल पम्प,अंसारी पेट्रोल पम्प,अदालत रोड रामपुर–विजुलपुर देखि गंजमवानीपुर – दहियार हुदै पुन गढीमाई मन्दिरमा पुगि शोभा यात्रा सम्पन्न गरिएको थियो ।

शोभा यात्रामा बस,ट्रक,मोटरसाइकल,पिकअप,मार्सल,सुमो सहित ५० हजार भन्दा बढी भक्तजनहरू सहभागी भएको महागढीमाई नगरपालिकाका नगर प्रमुख एवम् गढीमाई मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले जानकारी दिएका छन् ।

गढीमाई मन्दिरमा बिहीबार बिहानै देखि हजारौं भक्तजनहरु दर्शन गरेका छन् । प्रत्येक पाँच वर्षमा एकपटक लाग्ने मेलामा बिहीबारबाट शुरु भएको हो । मन्दिरमा यही आउदौ मंसिर २२ गते राँगा र २३ गते बोका बलि चढने अध्यक्ष यादवले जानकारी दिए ।

गढीमाईको मेलाको पहिलो दिन गंगा घाटमा महाआरतीको आयोजना गरिएको थियोे ।

Leave a review