अनिलकुमार साह/
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ मा निर्माण गरिएको नया बाटोको उद्घाटन गरिएको छ ।
सो उद्घाटन नेपाली कांग्रेस बारा क्षेत्र नं.४ ख का सभापति लोकेश सिंहद्वारा गरिएको थियो। बाटो १६ फिट चौडा र १०० मिटर लामो रहेको छ । वडा नं. ७ को वडा स्तरीय बजेटबाट निर्माण गरिएको छ ।
बाटो कुल १० लाखको लागतमा निर्माण सम्पन्न गरिएको थियो । सो अवसरमा उक्त वडाका वडा अध्यक्ष रामबाबु गुप्ता, उपभोक्ता समितिकी अध्यक्ष सुन्तली अधिकारी,वडा सदस्य ज्ञानी पासवान, वडा सदस्य दुर्गा रिजाल लगायतको सहभागिता रहेको थियो।

