देवताल गाँउपालिकामा जसपाको कब्जा

साझेदारी दैनिक
665 पाठक संख्या

बाराको देवताल गाँउपालिकामा जनता समाजवादी पार्टीका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन ।

जसपाका उम्मेदवार उदय प्रसाद यादवले ४ हजार १ सय ६७ मत ल्याई बिजयी भएका छन । उनको प्रतिद्धन्दी लोसपका चन्दन सिंहले ३ हजार ५ सय ७५ मत ल्याएका थिए । यो भन्दा अगाडी सिंह गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएको थिए ।

त्यसैगरि देवतालमा उपाध्यक्षमा पनि जसपाकी सितापति देवी यादवले ४ हजार २ सय २ मतल्याई बिजयीभएकी छिन । उनको निकटतम प्रतिद्धन्धी लोसपाकी उपाध्यक्ष उम्मेदवार रामपति देवीले ३ हजार ७६ मतमा सिमित भईन । यो भन्दा अगाडी सो पालिकामा रामपति नै उपाध्यक्षमा निर्वाचित भएकी थिईन ।

Leave a review