नेपाली काँग्रेस बाराले “जनताको साथमा कांग्रेस” अभियान सफल पार्न वैठक

साझेदारी दैनिक
710 पाठक संख्या

नेपाली काँग्रेस बाराले “जनताको साथमा कांग्रेस” अभियान सफल पार्न जुटेको छ । केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाली काँग्रेसले यो अभियान सफल पार्न जिल्ला कार्यसमिति ,बाराले बैठकको आयोजना गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालको प्रमुख आथित्यता र जिल्ला कार्यसमिति ,बाराका जिल्ला सभापती राजेश राय यादबको अध्यक्षतामा बसेको बैठकले केन्द्रको परिपत्रानुसार जिल्लादेखि जिल्लामा रहेका प्रत्येक टोल सम्म पुग्न नेता तथा कार्यकर्ताहरुलाई आहवान गरेको छ ।

कलैया स्थित वि.पी. भवन, विपीनगरमा भएको बैठकले बाराको ४ वटै प्रतिनिधि सभाका क्षेत्रहरुको बैठक बस्ने मिती तोकेको छ । जसअनुसार क्षेत्र नं.को बैठक २०७९ भाद्र १२ गते दिनको २ बजे , क्षेत्र नं. ३, को बैठक भाद्र १२ गते दिनको ४ बजे , क्षेत्र नं. १, को बैठक भाद्र १३ गते दिनको ११ बजे , क्षेत्र नं. ४, को बैठक भाद्र १३ गते दिनको २ बजे बस्ने जिल्ला कार्यसमिती बाराले जनाएको छ ।

जनताको पार्टी बनाउन जिल्लामा रहेको गुट–उप गुटको अन्त्य गरी नेता कार्यकर्ताहरुलाई एक ठिक्क भई अभियानलाई सफल पार्न सभापती यादबले अनुरोध गर्नुभएको छ

Leave a review