Sajhedari Daily
Latest News from Nepal

प्रचण्ड–माधव निकट जीतपुुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको भेला

रञ्जन यादब/
बाराका सिमरामा जीतपुरसिमरा उपमहानगरपालिकामा बुधवार प्रचण्ड–माधव निकट जनप्रतिनिधिको भेला सम्पन्न भएको छ ।वडा नम्बर २ स्थित जिफन्ट भवनमा सम्पन्न भेलामा वर्तमान राजनितीक परिस्थितिका बिषयमा छलफल भएको थियो । प्रधानमन्त्री केपि शर्मा ओलिले संसद विघटन गरिसकेका पश्चात जीतपुरसिमरामा बुधवार प्रचण्ड–माधव समुहका जनप्रतिनिधिको भेला सम्पन्न भएको हो ।

नेकपा जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बारा जिल्ला सचीव सुन्दर बिश्वकर्मा हुनुहुन्थ्यो । भेलामा जीतपुुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेल उपस्थित भएनन् । उप प्रमुख सरस्वती चौधरी आएपनि नगर प्रमुख पौडेल देखिएनन् ।

पौडेल केपि ओलि निकट मानिनुुहुुन्छ । भेलामा वडा नम्बर २ का वडा अध्यक्ष तिलक श्रेष्ठ, वडा ३ का वडा अध्यक्ष जगन्नाथ घिमिरे, वडा नं.४ का वडा अध्यक्ष ईश्वर के.सी, वडा नं.५ का वडा अध्यक्ष मोहित चौधरी, वडा नं.६ का वडा अध्यक्ष कैमुद्धिन अंसारी, वडा नं.९ का वडा अध्यक्ष प्रभुनाथ चौधरी,वडा नं. ११ का वडा अध्यक्ष बिनोद यादव, वडा नं.१३ का वडा अध्यक्ष राजेन्द्र सिंह चौधरी, वडा नं. १५ का वडा अध्यक्ष रामप्रसाद लामिछाने, वडा नं.१६ का वडा अध्यक्ष केदार बजगाई, वडा नं.१८ का वडा अध्यक्ष अर्जुन दाहाल, वडा नं.२१ का वडा अध्यक्ष कृष्ण ठकुरी, वडा नं.२२ का वडा अध्यक्ष मणिकलाल थिङ, वडा नम्बर २३ का वडा अध्यक्ष अस्लम देवान, वडा नं.२४ का वडा अध्यक्ष ईलियास देवान उपस्थित रहेको थियो । वडा नम्बर १४ वडा अध्यक्ष रामशरण बर्तौला र वडा नं.१९ का वडा अध्यक्ष सुदनदास तत्मा बिरामी भएर भेलामा आउन नसकेको नगर कमिटी अध्यक्ष कृष्ण खनालले जानकारी दिएका छन।

कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य राजन पौडेल, मजदुर नेता कमलेश झा, नेकपाका नेता देव नारायण चौधरी, नेता मनोज पौडेल, मजदुर नेता आनन्द थामी, महिला नेतृ सरिता सुब्बा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपाका नेता प्रेम बरालले गर्नुभएको थियो । भेलामा नेकपा निकट सम्पुर्ण जनप्रतिनिधिलाई बोलाईएको थियो ।

Comments are closed.

error: Content is protected !!