बसले मोसालाई ठक्कर दिदा एकको मृत्यु एक जना घाईते

साझेदारी दैनिक
601 पाठक संख्या

वीरगञ्जमा बुधबार बसले मोटरसाईकललाई ठक्कर दिदा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन ।

बसको ठक्करबाट रौतहट मौलापुर नगरपालिका–५ पतौरा बस्ने वर्ष ६५ को तुलसी साहको मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए ।दुर्घटनामा परि सोही स्थान बस्ने ३१ ब्र्षिये रामसागर साह घाईते भएका छन ।

बहिान पौने १२ बजेको समयमा वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोक स्थित बाईपास सडकखण्डमा प्रतिमा चोकबाट वीरगञ्ज बसपार्क तर्फ आउँदै गरेका ना.४० प ९४७९ को मोटरसाईकललाई सोही दिशा तर्फबाट आउँदै गरेको ना.७ ख १८३७ नम्बरको बसले ठक्कर दिएको थियो ।ठक्करबाट घाईते भएका दुबैजनालाई उपचारको लागि नारायणी अस्पतालमा पठाईएको तुलसीको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रबक्ता गिरीले बताए ।

दुर्घटनामा परि घाईते भएका रामसागर उपचारपछि घर फर्किएको तथा बसका चालक ललितपुर महानगरपालिका–१३ नखु बस्ने प्रबिन कुमार रजकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds