जनता समाजबादी पार्टीका मधेस प्रदेशका अध्यक्ष एवम निर्वाचन क्षेत्र नम्बर ३ का संघिय साँसदका उम्मेदवार रामबाबु कुमार यादवले सता गठबन्धनमा रहेका दलहरुले गद्धारी गरेकै कारण गठबन्धनबाट बाहिरिएको बताएका छन ।
बाराको बलिरामपुरमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यादवले जनता समाजबाटी बिगतको निर्वाचनमा जितेको सिट भन्दा कम सिट दिई तालमेल गर्न खोज्दा पार्टीको सम्मानको लागि पनि अरुको अगाडी नझुकी गठबन्धनबाट बाहिरिनु परेको बताए ।
नेपाली काँग्रेसको भित्री उदेश्य भनेको पार्टीलाई थ्रेसहोल्डबाट बंचित गराउने सडयन्त्र गरेको जानकारी प्राप्तपछि जनता समाजवादी पार्टीले गठबन्धनबाट बाध्य भई हटनु परेको अध्यक्ष यादवले प्रष्ट पारे । तराई मधेसको जनताले भोग्र्दै आएको यावत पिडाहरु जनता समाजवादी पार्टी कै कारण केहि सम्म समाधान गर्न सकेपनि पुरा हुन नसकेको बताउदै मधेसी जनताको अधिकार दिलाउनका लागि पार्टी पुर्णरुपमा कटिवद्ध भइ लागिरहेको यादवले बताए ।
जनता समाजवादी पार्टीका कारण मुलुकमा संघियता आएको दावी गर्दै अध्यक्ष यादवले अपुरो रहेको संविधानलाई संशोधन गरि तराई मधेसमा बसोबास गरिरहेको तमाम मधेसी जनताको अधिकार पुर्ण रुपमा ग्यारेन्टी नगरिए सम्म अधिकारको लडाई लडि रहने प्रतिवद्धता ब्यतm गरे ।
प्रदेश प्रदेशमा जनता समाजवादी पार्टीको नेचृत्वमा निर्माण भएको सरकारले मधेसको मुहार फेर्ने कामहरु धेरै गरेपनि अझै केही गर्न बाकी रहेको हुदा मलाई र मेरो टिमलाई छाता छापमा मतदान गरि मधेस प्रदेशमा पुनह सरकार बनाउनका लागि मत दिनका यादवले आग्रह समेत गरेका हुन ।
बेथितीबाट गुर्जीरहेको मुलुकलाई सही दिशामा ल्याउन, बिकास, समृद्धि, शुसाशन बाक स्वतन्त्रता एवम बिधिको शासन कायम गराउने लक्ष्य सहित आफु र आफनो पार्टी अगाडी बढिरहेको ठोकुवा गरे । सो अवश्रमा निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा ख का उम्मेदवार पारस प्रसाद साह, राजनितिक समिति सदस्य उमराउती देवी यादव, केन्द्रिय सदस्य प्रकाश चौगाई, मधेस प्रदेश सदस्य सिला साह र जनता समाजवादी पार्टीको क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति कमलेश मण्डल लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए ।

